जनकपुरधाम,असोज ७ । जन्म देखि मृत्युपर्यन्त आवश्यक पर्ने र त्यस अवधिमा प्रभाव पार्ने सम्पूर्ण ग्राह्य ज्ञान नै शिक्षा हो । असल खराब छुट्याउन सक्ने विवेक प्रदान गर्ने, सहि निर्णय लिन सक्षम बनाउने, व्यक्तिको व्यवहारलाई अनुकरणिय र आर्दश बनाउने, मानवता र नैतिकताको प्रस्फुटन गराउने, इच्छानुरुपको प्रतिभा विकासमा टेवा पुराउने आदि कार्य शिक्षाले गर्दछ ।

शिक्षाले व्यक्तिलाई विविध पक्षमा आर्दश बनाउदछ भने शिक्षामा सबैको अधिकार छ ।

जनकपुरधाम उपमहानगरपालिका नगरभित्रका सामुदायिक विद्यालयहरूमा गुणस्तरीय शिक्षाको अभाव रहेको बेला जनकपुरधामस्थित युनिभर्सल एकेडमी कलेजले एकविद्यार्थीलाई छात्रवृती प्रदान गरेका छन् ।

मिथिला विहारी न.पा.७ तारापट्टी धनुषाका वस्ने भक्तप्रल्हादसाहकाे अवस्था र पढाई प्रतिकाे लगनशिलतादेखेर ऊसकाे मनाेवलमा थपउर्जा प्रदान गर्नुका लागि जनकपुरधामस्थित रहेको युनिभर्सल एकेडमी कलेजले धनुषाका वस्ने भक्तप्रल्हादसाहलाई कक्षा ११ देखि बि.बि. एस. सम्मकाे पढाईमा पुर्ण छात्रवृतीकाे साथै यातायात,किताब र ड्रेस पनि नि:शुल्क उपलब्ध गराउने निर्णय गरेकाे छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.