जनकपुरधाम,असोज ६ । १२ बर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा ६० बर्षीय बृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका–५ पर्वताका ६० बर्षीय पल्टु मण्डल रहेका छन् । मण्डलले ति बालिकालाई पैसाको लोभ देखाएर बलात्कार गरेको प्रहरीले जनाएका छन्  ।

केहि दिन अघि बिहान करिव १०÷११ बजेको समयमा बालिकामाथि बलात्कार गरिएको ईलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ । मण्डलले बालिकालाई एक हजार रुपैयाँ दिन्छु भन्दै फकाएर घाँस काट्न गएको समयमा बलात्कार गरेको खुलेको हो ।

गत सोमबार राती धनुषाधाम प्रहरीले मण्डल​लाई घरबाटै पक्राउ गरेको हो  । पक्राउ परेका उनलाई ईलाका प्रहरी कार्यालय धनुषाधाममा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएका छन्  । उनीमाथि जबरजस्ती करणी अन्तर्गत मुद्दा चलाइएको ईलाका प्रहरी कार्यालय धनुषाधामका इन्चार्ज सुरेश ठाकुरले बताउनुभयो।

मण्डलले बालिकासँग जवरजस्ती करणी गरिरहेको भिडियो एक स्थानीय युवकले मोबाइलमा कैद समेत गरेको पाइएको छ । उनले कैद गरेको भिडियो भाइरल भएपछि प्रहरीले मण्डललाई पक्राउ गरेको पीडित परिवारले बताएका छन् । धनुषाधाम नगरपालिका वडा नम्बर–५ का वडाध्यक्ष इन्दल महतोले दोषीमाथि कानूनी कारवाहीको माग गरेका छन् । पीडित बालिकालाई मेडिकल परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएपनि परीक्षण हुन नसकेको परिवारले बताएका छन्  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.