जनकपुरधाम,असोज ६ । सत्तारुढ गठबन्धनका पाँच राजनीतिक दलको बैठक आज बस्दै छ । बुधबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल हुने छ । यसअघि मंगलबार बसेको गठबन्धन दलको बैठकले आ–आफ्ना पार्टीमा छलफल गरेर मन्त्रीको नाम पठाउने सहमति भएको थियो ।

सोही अनुसार मन्त्रीको नाम टुङ्गो लगाउन नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा बसिरहेको छ । त्यस्तै नेपाली काँग्रेसको पादाधिकारी बैठक पनि सिंहदरबारमा बस्दै छ भने नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक पनि जारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.