जनकपुरधाम,असोज ६ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तीन दिने भ्रमणका लागि आज अमेरिका प्रस्थान गर्दैछन् । भारतका विदेश सचिव हर्षवर्धन श्रृंगलाका अनुसार प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच आगामी शुक्रबार वासिंगटनमा भेटवार्ता हुनेछ ।

यो भेटमा द्विपक्षीय व्यापार तथा सुरक्षाका जस्ता विषयमा महत्वपूर्ण छलफल हुने जनाइएको छ ।

जो बाइडेनको कार्यकालमा पहिलो पटक अमेरिका गइरहेका मोदीको प्रतिनिधिमण्डलमा विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तथा विदेश सचिव श्रृंगलासहित अन्य केही वरिष्ठ अधिकारी छन् ।

भ्रमणबारे जानकारी दिन आयाेजित पत्रकार सम्मेलनमा विदेश सचिव श्रृंगलाले मोदी र बाइडेनबीचको द्विपक्षीय वार्तामा प्रमुख क्षेत्रीय मुद्दाका साथै आतंकवादविरुद्धका उपायका सम्बन्धमा पनि छलफल हुने जानकारी दिए ।

अफगानिस्तानमा उत्पन्न पछिल्लो परिस्थितिबारे पनि दुई नेताबीच छलफल हुन सक्ने अनुमान गरिएको छ । एजेन्सी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.