जनकपुरधाम,असोज ६ । प्रदेश नं‍. २ का आन्तरिक मामिला तथा संचार मन्त्री भरत प्रसाद साहलेले सप्तरीको इलाका प्रहरी कार्यालय भेडिया भवन उद्घाटन गरेका छन् । नवनिर्मित भवनकाे उद्घाटन गर्दै मन्त्री साहले प्रहरीकाे सुरक्षित आवासकाे जिम्मेवारी प्रदेश सरकारकाे भएकाे बताउनुभयो ।

ऊनका अनुसार ‘प्रहरी प्रसासनको व्यवस्थित कार्यलाय एवम् आवास हाम्रो प्रमुख जिम्मेवारीहरु मध्यको एक रहेको छ । हामी प्रदेश २ का सम्पुर्ण प्रहरी प्रसासनको कार्यलय एवम् आवास व्यवस्थित गर्न प्रतिबद्ध छौं ।’

भवन उद्घाटन कार्यक्रममा प्रदेश नं. २ का आन्तरिक मामिला तथा संचार राज्य मन्त्री रुबी कर्ण, प्रदेश सांसद पसमिना कादरी, दिलिप साह, फुलिया देबी सादा, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमला, २ नम्बर प्रदेश कार्यालय टिएसटी प्रमुख प्रहरी निरिक्षक चिरन्जिवी प्रसाद महताे लगायतले मन्तव्य राखेका थिए ।५ कराेड १३ लाखमा इलाका प्रहरी कार्यालयकाे साढे ३ तल्ले भवन निर्माण भएकाे मन्त्री साहका सवकिय सचिव विजय यादवले जानकारी दिएका हुन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.