जनकपुरधाम, असाेज ५ । प्रत्येक वर्ष २१ सेप्टेम्बरमा मनाइने अन्तर्राष्ट्रिय शान्ति दिवस मंगलबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
जनकपुरधाममा पनि अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा जनकीमन्दिरको प्रगनमा द्वीप प्रजोलान गरी मनाएका छन् । यस कार्यक्रमका आयोजक ओरेक नेपाल,(WHRD), जिल्ला युवा संजाल धनुषा रहेका छन्।
सन् १९८१ मा संयुक्त राष्ट्रसङ्घ महासभा सुरु भएको दिन पारेर राष्ट्रसङ्घद्वारा प्रस्ताव पारित गरी राष्ट्रसङ्घ महासभा सुरु हुने सेप्टेम्बर महिनाको तेस्रो मङ्गलबारका दिन शान्ति दिवस मनाउने निर्णयअनुरुप यो दिवस मनाउन थालिएको हो ।
सन् १९८२ को सेप्टेम्बरमा पहिलो शान्ति दिवस मनाइएको थियो । सन् २००२ मा भएको संयुक्त राष्ट्रसङ्घ महासभाले सेप्टेम्बर २१ लाई स्थायी रूपमा अन्तर्राष्ट्रिय शान्ति दिवस घोषणा गरेको थियो ।
यस दीप प्रजोलान् कार्यक्रमा जिल्ला युवा संजाल धनुषाका अध्यक्ष धिरज साह,युवा संजाल धनुषाका कोषाध्यक्ष खुसबु साह, युवा संजाल धनुषाका महासचिव कुलदीप साह, नेपाल महिला मैत्री समाजका संजु यादव , ओरेक नेपालका रोजलिन् सिंह ,WHRD धनुषाका जमुना भुजेल, मुरारी, बलराम साह विभिन्न अभियानीहरु उपस्तित रहेका थिए।



