जनकपुरधाम,असोज ५ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरु गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्ध समेत भन्ने गरिएको हो ।

कतै यो पक्षलाई प्रेत पक्ष पनि भनिएको छ । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ । गीतामा उल्लेख भए अनुसार शरिर मरे पनि आत्मा मर्दैन, आत्मा सदैव अमर रहन्छ । पितृ पक्षमा पूर्वजको आत्मा शान्ति र सदगतीको लागि हामीले पानी अर्पण गरी पिण्डदान गर्छौं । यस पितृ पक्षको अवसरमा पर्यावरण अभियन्ताहरु वृक्षारोपण गरिएको छ ।

जनकपुरधाम उ.म.न.पा.२१ कुर्था रेल्वे स्टेशनमा जनकपुरधाम वन प्राविधिक समाजका महासचिव सुरेश शर्माको नेतृत्वमा तथा पर्यावरण अभियन्ताहरु द्वारा पिपल, पाखर, भलसरी र मैंगोस्टीन प्रजातीका ८ गोटा विरुवाहरू रोपण गरिएको छ ।


यस वृक्षारोपण कार्यक्रममा रेल्वेको इंजिनियर बिनोद ओझा , पर्यावरण योद्धा बैजनाथसिंह र ऐतिहासिक दुधमती संरक्षण अभियानका अभियन्ताहरु सुदिप मण्डल, आदित्य सहनी, पंचलाल मण्डल उपस्थित रहेका थिए ।



