जनकपुरधाम,असोज ४ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूको नाराबाजीकै बीच प्रतिनिधि सभाबाट बजेट पारित भएको छ ।आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित गरियोस भनेर राखेको प्रस्ताव बहुमतले पारित भएको हो ।प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले बैठक सूरु भएदेखि नै नाराबाजी गरेका थिए ।

नेपालको इतिहासमै सरकार पहिलो पटक बजेटविहीन अवस्थामा रहेको छ । बजेट पारित नहुदा भदौ ३१ गतेदेखि सरकारको खर्च रोकिएको छ । प्रधानमन्त्री, मन्त्री, सांसद, कर्मचारीको तलवका साथै विकास आयोजनालगायतको भुक्तानीसमेत रोकिएको छ । प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित भएपछि राष्ट्रियसभामा जाने छ । राष्ट्रियसभाको बैठक मंगलबार बोलाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.