जनकपुरधाम,४ असोज । जनकपुरधाममा सोमबार पूर्वयुवराज्ञी हिमानी शाहले जनकपुरधामस्थित श्री सकल भवन कन्या माध्यमिक विद्यालयमा अध्यनरत छात्राहरुलाई पानी स्वतः शुद्ध हुने बोतल वितरण गरेकी हुन्।पूर्वयुवराज्ञी शाह ट्रष्टको कार्यक्रमको लागि आइतबार नै जनकपुरधाम आएकी हुन्।

खानेपानी बोतल वितरण गर्न पुगेकी पूर्वयुवराज्ञी शाहले कन्या माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुसँग अन्तरक्रिया समेत गरेकी थिइन्।विद्यार्थीहरुसँग अन्तरक्रिया गर्न पुगेकी पूर्वयुवराज्ञीलाई स्कुलका प्रधानाध्यापकले स्कुलमा रहेको समस्याहरुको बारेमा ब्रिफिङ गरेका थिए।हिमानी ट्रष्टका उत्तम निरौलाले आफूहरु पाँचवटा क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।

उनले शिक्षा लगायतका क्षेत्रमा ट्रष्ट काम गरिरहेको भन्दै भने, ‘अहिले हामी फरक खालको कार्यक्रमको सुरुवात गर्न गइरहेका छौँ। यसको लागि शिक्षाको केन्द्रबिन्दु मिथिला नगरी जनकपुरधामबाट सानो सुरुवात गर्न गइरहेका छौँ।’निरौलाले ट्रष्टले वितरण गरेको बोतलमा अशुद्ध पानी राखेपनि पानीमा भएको व्याक्टेरिया, आर्सेनिक लगायतका पदार्थ नष्ट हुने भएकोले यसको कारण पानी पिउनयोग्य हुने बताउनुभयो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.