जनकपुरधाम ,०४ असाेज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजको विकास र न्यायको निम्ति पार्टी र आफू स्वयंलाई रूपान्तरण गर्नुपर्ने बताएका छन्। सोमबार सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले विकास र न्यायका लागि स्वयंलाई रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याएका हुन्।

प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी ओलीको निरंकुशता थाहा पाए पनि केही साथीहरूले आत्मसमर्पण गरेको टिप्पणी गरे। एमालेको कुनै सिद्धान्त नरहेको भन्दै उनले मदन भण्डारी र लोगो भएकै भरमा मात्र आफूलाई एमाले भनिरहेका बताए।

माओवादी केन्द्र एमालेकरण भइरहेको भन्दै प्रचण्डले आफूहरूलाई रूपान्तरण गर्नैपर्ने आवश्यकता रहेको बताए।

‘समाजवादी क्रान्ति अघि बढाउनका लागि विकास समृद्धिको यात्रा हुँदै न्यायसहितको एउटा नयाँ समाज निर्माणको निम्ति हाम्रो पार्टीले आफूलाई रुपान्तरण गर्नैपर्छ। हाम्रो पार्टी बिस्तारैबिस्तारै एमालेकरण हुन थाल्यो। यस्तै भइरहने हो भने मैले भनिसकेको छु पार्टी छ नभने हुन्छ। मैले पार्टी सकिदिने भन्न खोजेको होइन, जनताको चाहनाअनुसार नचल्ने हो भने यस्तो सिद्धान्तहीन पार्टी चलाएर के काम भन्न खोजेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.