जनकपुरधाम, असोज ३ । नेपाल राष्ट्रवादी नागरिक समाजले आइतबार जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ । उनीहरुले नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने माग समेत गरेका छन् ।

विरोध प्रदर्शनमा सहभागीले संघीयता खारेज गर्न पनि माग गरे । एमसिसी पास गर्न पाइँदैन, नेपाललाई गुलाम बनाउन पाइँदैन भन्दै उनीहरुले नाराबाजी पनि गरेका थिए। जनकपुरधामस्थित रेल्वे स्टेसनबाट निकालिएको विरोध र्याली नगरको विभिन्न भागको परिक्रमा गर्दै जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रकाश राणाको संयोजकत्वमा निकालिएको विरोध र्‌यालीमा नेपाल राष्ट्रवादी नागरिक समाजका नेताहरु असर्फी झा, चन्देश्वर यादव, मुन्नु झालगायतको सहभागिता थियो । विरोध प्रदर्शनमा सहभागीले जयनगर–जनकपुरधाम–कुर्था रेल चाँडै सञ्चालन गर्न मागसमेत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.