रौतहट : सशस्त्र प्रहरीले रौतहटको मौलापुर नगरपालिका–६ पथराबुद्धरामबाट ठूलो परिमाणमा विष्फोटक पदार्थ पटाका बरामद गरेको छ ।

भारतबाट नेपाल भित्र्याइएको अवस्थामा बेवारिसे अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा बेस सरमुजवाबाट सशस्त्र प्रहरी निरीक्षक भरत गौतमको कमाण्डमा खटिएको टोलीले बरामद गरेको हो ।

बारा – रौतहटको सिमानामा पर्ने अडुवा नदी हँुदै पथराबुद्धरामसम्म पटाका लिएर पुगेका तस्करले सशस्त्र प्रहरीलाई देखेपछि पटाका छाडेर फरार भएको सशस्त्र प्रहरी बल ११ नम्बर गण रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक सूर्यबहादुर सेन ओलीले जानकारी दिनुभयो ।

बरामद भएको पटाका अन्दाजी करीब रु एक लाख ५० हजार मूल्य बराबरको रहेको र त्यसलाई सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा बेस सरमुजवामै खाल्डोमा पुरेर नष्ट गरिएको उहाँले जानकारी दिनुभयो ।

पटाका तस्करीमा सङ्लग्न रहेका बौद्धीमाई नगरपालिका–७ का गुड्डु भन्ने रहमजान र सोही ठाउँकै अर्का श्रीराम दास फरार भएका छन् । निजहरुको खोजी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.