जनकपुरधाम : डा. सीके राउत नेतृत्वको जनमत पार्टीको विस्तारित केन्द्रीय समितिको बैठक सुरु भएको छ।
प्रदेश २ का अस्थायी राजधानी जनकपुरधाममा बुधबारदेखी शुरु भएको हो।
पार्टी अध्यक्ष डा. राउतको अध्यक्षतामा बसेको बैठकमा संगठन विस्तार तथा सुदृढीकरण सम्बन्धमा छलफल भइरहेको पार्टीका उपमहासचिव ई .इन्द्रजित यादवले जानकारी दिए ।
उनका अनुसार आउने चुनावलाई लक्षित गरेर रणनीति बनाइने र त्यहीअनुरुप केन्द्रीय सदस्यलाई प्रशिक्षण दिने कार्यक्रम समेत रहेको छ ।
दुई दिनसम्म चल्ने बैठकमा केन्द्रिय कार्यकारिणी समितिका पदाधिकारी, पार्टीका केन्द्रीय सदस्यहरु, मोर्चाका प्रमुखहरुसहित २ सयभन्दा बढीको सहभागिता रहेको जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष ई.बसन्त कुशवाहाले बताए ।



