जनकपुरधाम : महोत्तरीको पिपरामा स्थानीय केही व्यक्तिको समूहले कुटपीट गर्दा पाँचजना घाईते भएका छन् ।
जिल्लाको पिपरा गाउँपालिका–३ मा स्थानीय केही व्यक्तिहरुको समूहले कुटपीट गर्दा पाँचजना घाईते भएका हुन् ।
सोमबार राति पिपरा गाउँपालिका–३ का स्थानीय रामचन्द्र मण्डल, हिरेन्द्र साह, राहुल मण्डल र वडा नं। ७ बनौलीका किशोरी ठाकुरको समूहले स्थानीय अरुण साहलाई गालीगलौज गर्दै उनको परिवारमाथि आक्रमण गरि कुटपीट गरेका हुन् ।
रामचन्द्र मण्डलको नेतृत्वमा कुटपीट गर्न आएका व्यक्तिहरुले ६५ वर्षीय जिवछ यादव, ३५ वर्षीय सन्तोष यादव, ६५ वर्षीया सिकिलिया देवी, २५ वर्षीया संगीता कुमारी साह र २७ वर्षीय अरुण साहलाई कुटपिट गरेको हो ।
कुटपीटबाट गम्भीर घाइते ६५ वर्षीय जिबछ यादव र ३५ वर्षीय सन्तोष यादवलाई थप उपचारका लागि बाहिर रेफर गरिएको छ भने सामान्य घाइतेहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार गराई घर पठाइएको छ ।
उनीहरुले आफूहरुलाई बिना कारण अनाहकमा गालीगलौज गर्दै जर्बजस्ती कुटपीट गरेको घाईते संगिताले बताईन् ।



