जनकपुरधाम : डा सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय कार्यकारीणी समितिको बैठक प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा जारी छ ।
पार्टीको केन्द्रीय सचिवालय जनकपुरको कार्यालयमा आइतबार सुरु भएको बैठक आजपनि जारि रहेको एक नेताले बताए ।
सो बैठकमा पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतसहित केन्द्रीय कार्यकारीणी समितिको पदाधिकारीहरु उपस्थिति रहेको छ । उक्त बैठक आज बेलुकासम्म चल्ने भएको छ ।
पार्टीको आगामी रणनीति र संगठन विस्तारको बारेमा कार्यकारीणी समितिमा छलफल भैरहेको पार्टीका एक नेताले जानकारी दिएका छन ।



