हुलाकी न्यूज, जनकपुरधाम : गत भदौ २५ गते शुक्रबार मात्र एक पुरुषको लास भेटाएको थियो भने आईतबार पनि एक पुरुषको लास भेटाएको हो । विराटनगर वडा नम्बर ९ पुरानो गुद्री बजारमा एक जना पुरुष मृत फेला परेका छन् ।

पुरानो गुद्रीको संरचना भित्र सिमेन्टको ‘ब्लक’मा अढेस लागेको अवस्थामा मृत फेला परेका हुन् । घटनास्थलमा प्रहरीले अनुसन्धान सुरु गरिसकेका छन् ।

मृतक व्यक्तिको पहिचान भने खुल्न सकेको छैन । गत २५ गते पनि विराटनगर बसपार्क छेउमा एक जना पुरूष मृत अवस्थामा फेला परेको थियो ।  गत शुक्रबार अन्दाजी ४५ वर्ष उमेरको देखिने ती पुरुष शुक्रबार दिउँसो बसपार्क छेउमा मृत अवस्थामा फेला परेका थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.