हुलाकी न्यूज, जनकपुरधाम : काठमाडाैँको पुरानो बानेश्वरमा रहेको मात्रिका आँखा अस्पतालका डाक्टरसँग तीन करोड रुपैयाँ फिरौती माग्दै नक्कली बम राख्ने तीन जना पक्राउ परेका छन् ।

अस्पतालका डाक्टरसँग तीन करोड रुपैयाँ फिरौती माग्ने धादिङका आशिष कुँवर, अभिषेक कुँवर र रोल्पाका अम्मरबहादुर रोकालाई महानगरीय प्रहरी परिसर टेकुको टोलीले पक्राउ गरेको हो ।

उनीहरूले तीन करोड रुपैयाँ नदिए घर र अस्पताल बमले ध्वस्त बनाउने धम्की दिँदै अस्पतालमा नक्कली बम समेत राखेका थिए । उनीहरूविरुद्ध आपराधिक लाभ मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गएकाे भदाै २४ गते बिहीवार बिहान काठमाडाैँ महानगरपालिका ९ पुरानो बानेश्वरबाट सेतोपुलतिर आउने ओरालोमा रहेको मात्रिका आई सेन्टरको तेस्रो तलामा रहेकाे शौचालयभित्र शङ्कास्पद वस्तु भेटिएकाे थियाे । त्याे शङ्कास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गराउँदै बम नभएकाे पुष्टि गरेकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.