हुलाकी न्यूज , जनकपुरधाम : डा सीके राउत नेतृत्वको जनमत पार्टीले महोत्तरीमा वडा स्तरीय युवा र महिला जनमत संघ गठन गरिएको छ ।

जनमत पार्टी एकडा गाउँपालिका ४ हलखोरीका वडा अध्यक्ष सरोज कुमार यादवको अध्यक्षतामा भएको जनवर्गीय संगठन विस्तार कार्यक्रम जनमत पार्टीका केन्द्रीय सदस्य बिरेन्द्र महतोको प्रमुख आतिथ्यमामा भएको हो ।

सो कार्यक्रममा ललन मुखियाको नेतृत्वमा २७ सदस्यीय वडा स्तरीय युवा जनमत संघ गठन गरिएको छ ।त्यसैगरी पवन मुखियाको नेतृत्वमा २५ सदस्यीय महिला जनमत संघ गठन गरेकी थिइन् ।

उक्त कार्यक्रममा जनमत पार्टीका जिल्ला अध्यक्ष कोमल यादव ,जिल्ला सचिव बिरेन्द्र मण्डल ,जिल्ला सहसचिव कौशलेन्द्र गिरि ,पार्टीका एकडा गाउँपालिका प्रमुख सिन्हेश्वर मण्डलले पार्टीको बारेमा मन्तव्य राखेका थिए ।

पार्टीका स्थानीय नेता जितेन्द्र बैठा र युवा नेता अबधेश कापर , वडा सचिव मनोज यादवको विशेष सहयोगमा कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको छ ।सो कार्यक्रममा वडाका समाजसेवी ,युवा ,किसान ,महिला र बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.