हुलाकी न्यूज ,काठमाडौं : नेकपा (एमाले) ले शुक्रबार स्थायी कमिटी बैठक बोलाएको छ ।

ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा अपरान्ह ४ बजे बैठक बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापनको तयारी) र चालू संसद् अधिवेशनमा पार्टीको भूमिकाबारे छलफल हुनेछ ।

यही असोज ४ देखि ६ गतेसम्म एमालेको विधान महाधिवेशन काठमाडौँमा गर्ने निर्णय गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.