हुलाकी न्यूज,जनकपुरधाम : धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिकामा जिल्ला स्तरीय कबड्डी प्रतियोगिताको आयोजना गरिएको छ । तीज र चौरचनको अवसरमा आयोजित प्रतियोजिताको उद्घाटन एक समारोहका बिच प्रेस जनमत संघका केन्द्रीय अध्यक्ष बीपी साहले गरेका छन् ।

राजदेवी युवा क्लव गणेशमान चारनाथ नगरपालिका र रघुनाथपुर सेवा समाज धनुषा सबैला नगरपालिकाको संयुक्त आयोजनामा आयोजित प्रतियोजितामा धनुषा जिल्लाभरीका २४ वटा टीम सहभागी रहेको छ ।
उदघाटन कार्यक्रमको प्रमुख अतिथि साहले खेलको माध्यमबाट भाईचारा स्थापना गर्न र युवाहरुलाई कुलतबाट जोगाउने प्रयासहरु हुने पर्ने बताए । उनले आगामी दिनमा धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर एकमा हुने कुनै पनि खेलकुद कार्यक्रममा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।कार्यक्रमको अतिथि खेलकुद महासंघका केन्द्रीय सदस्य एवं धनुषा जिल्ला अध्यक्ष शत्रुघन मुखियाले मुख्य एम्पायरको भूमिका निर्वाह गर्ने छन् ।

कार्यक्रमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु, युवा तथा पेसाकर्मीहरुको उपस्थिति रहेको थियो । तीन दिनसम्म चल्ने खेलमा विजेताहरुका लागि नगद तथा उपहारको व्यवस्था गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.