हुलाकी न्यूज,जनकपुरधाम : डा सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रिय कार्यकारिणी समिती र केन्द्रिय समितीको विस्तारिक बैठक जनकपुरधाममा हुने भएको छ ।

जनमत पार्टीका उप महासचिव ई.इन्द्रजित यादवले विशेष परिस्थितिको कारणले पार्टीको कार्यकारिणी समिति र केन्द्रिय समितिको विस्तारित बैठकको मिति परिवर्तन गरेको जनकारी गराउनुभयो।

उप महासचीव ई.इन्द्रजित यादवले पार्टीको केन्द्रिय कार्यकारिणी समितीकोे बैठक भाद्र २७ गते आइतबारदेखी २८ गते सोमबार सम्मको लागी पार्टीको केन्द्रिय सचिवालय जनकपुरधामको कार्यलयमा बस्ने उनले बताए।

त्यसैगरि पार्टीको केन्द्रिय समितिको विस्तारित बैठक भाद्र ३० गते बुधबारदेखि ३१ गते बिहीबारसम्म चलिने उपमहासचिव ई.यादवले बताए।

प्रदेश २ का अस्थायी राजधानी जनकपुरधाम २ भानु चौकस्थित जनमत पार्टीको केन्द्रीय सचिवालयमा केन्द्रिय कार्यकारिणी समितीको बैठक बस्ने भएको छ ।सो बैठकमा कार्यकारिणी समितिका पदाधिकारीहरूको उपस्थिति मात्र रहने छ।

त्यस्तै, केन्द्रीय समितिको विस्तारित बैठकमा निर्वाचित केन्द्रीय सदस्यहरू, पार्टीका विभाग तथा मोर्चाका केन्द्रीय प्रमुख र सचिवहरू, जिल्ला समन्वय समितिका कार्यकारिणी पदाधिकारीहरू (सदस्य बाहेक)को सहभागीता रहने पार्टीले जनाए।

पार्टीको केन्द्रिय समितिको विस्तारित बैठकमा सहभागीहरुलाई भाद्र २९ गते बेलुका सम्म उपस्थित हुनुपर्ने उप महासचिव ई.यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.