हुलाकी न्यूज, जनकपुरधाम : कोरोना महामारीका कारण रोकिएको जनगणनाको नयाँ मिति तय गरिएको छ । राष्ट्रिय तथ्यांक विभागले आज पत्रकार सम्मेलन गर्दै रोकिएको जनगणना कात्तिक २५ देखि मंसिर ९ सम्म हुने भएको छ।
यसअघि जेठ २५ देखि असार ८ सम्म गर्ने कार्यतालिका थियो । जनगणनाको लागि देशभर ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक खटाइने भएको छ ।



