हुलाकी न्यूज , जनकपुरधाम : प्रदेश २ का अस्थायी राजधानी जनकपुरधामबाट सिडियो कार्यालयका नायव सुब्बा घुससहित अख्तियारले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला प्रसाशन कार्यलय धनुषाका नायब सुब्बा उमेश चौधरीलाई रहेको छ ।

नायब सुब्बा चौधरी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित क्याम्पस चौकको एक होटलमा सेवाग्राहीसँग ८ हजार ५ सय रुपैया घुस लिदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

सोही बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट आएको टोली नायव सुब्बा चौधरीलाई पक्राउ गरेको छ ।

नागरिकताको प्रतिलिपिमा उमेर सच्याइदिने भन्दै सेवाग्राहीसँग नासु चौधरीले घुस लिएका थिए । कानूनी प्रक्रिया पुरा गरी अख्तियारको टोलीले आवश्यक कारबाही गर्न उनलाई बर्दिबास लगेको बताइएको छ ।

धनुषामा पछिल्लो समय भ्रष्टाचार बढेपछि अख्तियारका अधिकारीले निगरानी बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.