हुलाकी न्यूज, जनकपुरधाम : प्रदेश २ सरकारले प्रदेशमा आर्थिक सुशासन कायम गर्न प्रदेश जनलोकपाल आयोग गठन गरेका छन् ।
अध्यक्ष सहित तीन सदस्यीय रहेको उक्त आयोगमा नव नियुक्त अध्यक्ष राम सहाय यादव, सदस्य शोभा महतो र राजकिशोर साहलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद गोपनीयताको सपथ ग्रहण गराउनु भएको छ ।
उक्त अवसरमा मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोज कुमार यादव, उपसभामुख उपमा देव, प्रमुख सचिव हरि प्रसाद मैनाली सहित प्रदेश सरकारका सचिवहरुको उपस्थिति रहेको थियो ।
आयोगका नवनियुक्त पदाधिकारीहरुले ग्रमिण प्रशिक्षण केन्द्र मुजेलिया स्थित आयोगको कार्यालय पुगि आजै पदभार ग्रहण गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.