हुलाकी न्यूज, जनकपुरधाम : रघुवीर महासेठले आफ्नै गृहपालिकाका उपमेयरलाई अन्य पार्टीमा प्रवेश गर्नबाट रोक्न सकेनन् । नेता महासेठको गृहपालिका धनुषाको मिथिला बिहारी नगरपालिकाकी उपमेयर अनिता कुमारी साह माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेकी छन् । पार्टी विभाजन भएपछि महासेठको गृहजिल्लामै एमाले कमजोर बनेको छ ।

उपमेयर साहसँगै वडा नम्बर–२ का वडाध्यक्ष बिहारी महतो, कार्यपालिका सदस्य गुलाब ठाकुरसहित मिथिला बिहारी नगरपालिकाका विभिन्न वडाका थप ९ जना सदस्यहरू एकीकृत समाजवादीमा रहने गरि मंगलबार जिल्ला निर्वाचन कार्यालय पुगेर सनाखत गरेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.