हुलाकी न्यूज, जनकपुरधाम : पर्सा प्रहरीले भन्सार छली गरी ल्याउदै गरिएको सामानसहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरीको टोलीले बीरगन्ज महानगरपालिका वडा नम्बर १४ स्थित गण्डक सडकखण्डमा चेकजाच गर्ने क्रममा अवैद्ध समान सहित ना.३ ख ५१ ६५ र ना . ३ ख ५५२५ नम्बरको मालबाहक ट्रकलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता ओमप्रकास खनालले जनकारी दिए ।

प्रहरी प्रवक्ता खनालका अनुसार ट्रकमा रहेको पूरानो ज्ञापन पत्रमा उल्लेखित मालवस्तुको सट्टा भन्सार छली गरी ल्याउदै गरिएको लताकपडा लगायत सामान बरामद गर्नुको साथै दुवै ट्रकलाई नियन्त्रणमा लिएको हो ।

बीरगन्जबाट चितवन तर्फ जादै गरेको ना.३ ख ५१ ६५ नम्बरको ट्रकलाई रोक्न खोज्दा चालकले ट्रकलाई वेवारिसे छोडी भागेको प्रहरीले जनाएको छ भने ना .३ ख ५५२५ नम्बरको ट्रकमा भएको सामान ज्ञापनपत्रमा उल्लेखित मिति मिलेको तर विजबिजकको मिति फरक भएकोले नियन्त्रणमा लिएको हो ।

बरामद भएको सामानको ८० लाख रुपैया मुल्यांकन गरी आवश्यक कारवाहीका लागी राजश्व अनुसन्धान कार्यालय बारा पथलैयामा बुझाईएको प्रहरी प्रवक्ता खनालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.