हुलाकी न्यूज, जनकपुरधाम : रौतहटको दुर्र्गा भगवती गाँउपालिका–३ मत्सरीमा स्थानीय सरोजानन्द झाको घरमा गएराति पसेको नकाबधारी डाँका समूहले लुटपाट गरेको हो । घरमा राखिएको कोठाको दराज र बाकस फुटाएर नगद र सुनचाँदी गरी २० लाख रुपैयाँभन्दा बढीको सामान लुटेर लगेको रौतहटका डीएसपी नारायणप्रसाद चिमरियाले जानकारी दिएका हुन् ।

गत सोमबार राति २ बजेको समयमा हतियारसहित घरमा आएको नकाबधारी समूहले बालकलाई बन्दुक तेर्साएर घरका परिवारजनलाई नियन्त्रणमा लिएर लुटपाट गरेको झाले बताएका छन् । घण्टौंसम्म घरमा रहेर लुटपाट गरेर डाँका समूह जाँदा पनि प्रहरीले सक्रियता नदेखाएको स्थानीयको आरोप छ । घटनापछि डीएसपी चिमरिया घटनास्थल पुगेका थिए । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएकका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.