हुलाकी न्यूज ,जनकपुरधाम : पुँजीबजार सुधार संघर्ष सर्मिातले नेपाल राष्ट्र बैंक घेराउ गर्दै प्रदर्शन गरेको छ । लगानीकर्ताको एक समूहले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा नियमन एवं सुपरीवेक्षण गर्ने संस्थाले पुँजीबजारलाई नकारात्मक प्रभाव पर्ने विभिन्न गतिविधिहरु गरेको भन्दै विरोध शुरु गरेको हो ।

पुँजीबजार घटाउने गरी मौद्रिक नीति ल्याएको भन्दै संघर्ष समितिले मोटरसइाकल र्‍यालीसहित प्रदर्शन गर्दै गभर्नर महाप्रसाद अधिकारीको राजीनामा पनि मागेको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देवकुमार ढकालललाई भेटेर समितिले विभिन्न माग राख्दै ज्ञापन पत्र पनि बुझाएका छन ।

सम्बन्धित निकाय र पदमा आसिन व्यक्तिहरुबाट प्रदर्शन हुने हुने उदाशिनता, गैराजम्मेवारीपना र समग्र लगानीकर्ताको मनोभाव विपरीतमा आउने विभन्न नीति तथा कार्यक्रमको विरुद्धमा आन्दोलन थालिएको संघर्ष समितिका अध्यक्ष रामकृष्ण ढकालले बताएका छन् ।पुँजी बजारको अस्तित्व नै धरापमा पार्ने गरी विभिन्न समय समयमा नियोजित रुपमा तयार गरिएका नीति कार्यक्रम र कार्यनीतिहरुले समग्र पुँजीबजार अगाडि बढ्न नदिएको भन्दै समितिले गभर्नर अधिकारीको राजीनामा माग गरेको छ । विगतमा गारिएको आन्दोलनको मर्मलाई बुझेर त्यतिबेला प्रस्तुत गरिएको ५८ बुँदे सहमतिलाई अक्षरश पालना गर्न समितिले माग गरेको छ ।

सम्पत्तिको हकमाथि प्रहार गार नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जामा ४ करोड र १२ करोडको सिमा लगाएको समितिको आरोप छ । मौद्रिक नीतिमार्फत समग्र पुँजी बजारको विकासको बाधक बनेको भन्दै यो व्यवस्था तुरुन्त खारेज गर्न समितिले माग गरेको छ ।

लघुवित्त कम्पनीहरुले रिजर्व राख्नुपर्ने अनुचित र अव्यवहारिक व्यवस्थालाई तत्काल खारेज गर्न, असल कर्जा सम्बन्धी व्यवस्थालाई तत्काल संशोधन गरी १ प्रतिशत नै कायम गर्न र बैंक तथा वित्तिय संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा तोकिएको विद्यमान समयावधिलाई संशोधन गरी १२० दिनको औसत मूल्य कायम गर्न माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.