हुलाकी न्यूज ,जनकपुरधाम :अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसनविरुद्ध दूतावासअगाडि प्रदर्शनमा उत्रेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

एमसीसीविरुद्ध प्रदर्शनमा उत्रिएका मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) निकट अखिल क्रान्तिकारीका ६ जनालाई दूतावासअगाडिबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलसहित ६ जना छन् ।

गजुरेलकाअनुसार पक्राउ पर्नेमा क्रान्तिकारीका महासचिव पेशल दाहालसहित महेश श्रेष्ठ, मिनप्रसाद गिरी, लक्ष्मण विक र नवराज तिवारी छन् । उनीहरूलाई महानगरीय वृतमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.