हुलाकी न्यूज , कुवेत : कुवेतमा अवैध रुपमा घरेलु मदिरा व्यापार गरेको आरोपमा
चार नेपाली कामदारहरु पक्राउ परेका छन् ।

कुवेतको आन्तरिक मन्त्रालयका अनुसार हवलीमा रहेका ४ वटा अपार्टमेन्ट भाडामा लिएर ठूलो मदिरा कारखानामा संचालन गरी बिक्रि वितरण गरिरहेको पाइएपछि छापा हानिएको जनाएको छ ।

अपार्टमेन्टमा अवैधरुपमा गोप्य तरिकाले घरेलु मदिरा उत्पादन तथा बिक्रीको लागि तयारी अवस्थामा रहेको भन्ने गोप्य सूचनाको आधारमा चार नेपालीलाई पक्राउ गरिएको कुवेत प्रहरीले जनाएको छ ।

सोक्रममा सयौं ब्यारल रक्सी तथा रक्सी बनाउन प्रयोग हुने औजार र रक्सीले भरिएको बोतलहरु बरादमद गरिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.