हुलाकी न्यूज , जनकपुरधाम : डा सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय संगठन ‘विद्यार्थी जनमत संघ’ को केन्द्रीय कार्यकारणी र केन्द्रीय समितिलाई विघटन गरेको छ ।

जनमत पार्टीका केन्द्रीय उप-महासचिव ई .इन्द्रजित यादवले आज एक प्रेस विज्ञप्ति निकालेर जानकारी गराएका छन ।उनले ‘विद्यार्थी जनमत संघ’ को तदर्थ केन्द्रीय कार्यकारणी र केन्द्रीय समिति आजैको मितिबाट विघटन गरिएको विज्ञप्तिमा लेखिएको छ ।

विद्यार्थी जनमत संघको जिल्ला तदर्थ समिति र क्याम्पसहरुमा निर्माण भएका एकाई समिति तत्काल कायमै रहने उप-महासचिव ई .यादवले बताए ।

उनले भने , ‘पार्टीको केन्द्रीय कार्यकारणी समितिको निगरानीमा विद्यार्थी जनमत संघको नयाँ केन्द्रीय समिति एक महिना भित्रमा गठन गरिने बताएका हुन् ।’

त्यसैगगरी हालसम्म प्राप्त नभएका विद्यार्थी संघको सदस्ता ठैली र विभिन्न कलेज र तहमा बनेको समितिहरुको विवरण केन्द्रीय सचिवालयमा अविलम्ब बुझाउन अनुरोधसमेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.