हुलाकी न्यूज , जनकपुरधाम : डा सीके राउत नेतृत्वको जनमत पार्टीले महोत्तरीको मनरा सिसवा नगरपालिकामा आफ्नो नगर अधिवेशन सम्पन्न गरेको छ ।
सोही नगरपालिकाका वडा नम्बर ५ स्थित कटैया बजारमा नगरपालिकाको अधिवेशन शनिबार आयोजना गरिएको थियो ।
उक्त अधिवेशनबाट नगर अध्यक्षमा सत्रोहन सहनी ,उपाध्क्षमा लक्ष्मी देवी ,सचिवमा अरुण साह ,सहसचिवमा अमित शर्मा र कोषाध्यक्ष धिरेन्द्र कुमार सरनलाई चयन गरेको छ ।
त्यसैगरी सदस्यमा कालिचरण मण्डल ,भाग्या देवी ,लालबाबु राउत ,शान्ति देवी ,वीर बहादुर साह ,मो .इस्माइल नदाफ ,शिवनाथ पण्डित , हलिमा खातुन र रघुबीर पासवान रहेका छन।
जनमत पार्टीका केन्द्रीय उप महासचिव ई .इन्द्रजित यादवको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा विशिष्ट अतिथिमा जनमत पार्टीक निर्वाचन प्रमुख एवं केन्द्रीय सदस्य संजय सिंह ,केन्द्रीय सदस्य संजय यादव (स्वराजी ) र सचिवालय सदस्य बलराम मण्डल (सेवक ) रहेको थिए ।
सो नगर अधिवेशनमा जनमत पार्टी महोत्तरीका सचिव बिरेन्द्र मण्डल ,कृष्ण साह ,राम प्रताप महतो सहित जिल्लाका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा सत्रोहन सहनीको अध्यक्षतामा १५ सदस्यीय नयां कार्यसमिति चयन गरेको पार्टीका युवा नेता विश्वनाथ चौधरीले न्यूजमधेशलाई जनकारी दिनुभएको छ ।




