राउत हुलाकी न्यूज , जनकपुरधाम : डा सीके राउत नेतृत्वको जनमत पार्टीले रौतहटमा महिला जनमत संघ गठन गरिएको छ ।

शनिबार गरुडामा भएको जिल्ला स्तरीय महिलाहरुको भेलाबाट अनिता साहको संयोजकत्वमा ३३ सदस्यीय महिला जनमत संघ रौतहट जिल्ला कार्यक्रमिति गठन भएको छ ।

उक्त कार्यसमितिको सहसंयोजकमा पुनम झा र रागिनी उपाध्यायलाई चयन गरेकी छिन् ।

जिल्ला स्तरीय महिला भेला कार्यक्रममा जनमत पार्टीका उपाध्यक्ष ई बसन्त कुशवाहा ,केन्द्रीय सदस्य ललित मलिक ,डा सुबन्त कुशवाहा विशेष उपस्थितिमा महिला जनमत संघ रौतहट गठन भएको छ ।

त्यसैगरी जनमत पार्टी रौतहट जिल्ला अध्यक्ष रामेश्वर यादव ,उपाध्यक्ष शेख नैमुदीन ,सचिव विकास यादव ,सहसचिव नविन श्रीवास्तव ,कोषाध्यक्ष बिरेन्द्र साहसहित पार्टीको भातृ संगठनको जिल्ला प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा पार्टीको जिल्लाभरका प्रमुख महिला नेत्रीहरुसहित २५० जना महिलाहरु सहभागितामा भव्यताका साथ महिला जनमत संघ रौतहटको जिल्ला कार्यसमिति सर्वसहमतिबाट चयन भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.