हुलाकी न्यूज ,जनकपुरधाम : प्रहरीले सिरहाबाट अबैध लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–५ बस्ने २६ वर्षीय मोहमद नियाज शेख रहेका छन् ।

सिरहा नगरपालिका–१७ काली चौकस्थित ईलाका प्रहरी कार्यालय माडर सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्ने क्रममा शुक्रबार शेखलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

शेखको साथबाट साढे १० ग्राम ब्राउन सुगर बरामद भएको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.