हुलाकी न्यूज ,जनकपुरधाम : कोरोना भाइरसको संक्रमणबाट मृत्यू भएका विमित एक व्यक्तिका परिवारलाई एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा जनकपुरले भुक्तानी गरेका छन् । मृत्यू भएका भिखनीदेवी मण्डलको श्रीमानलाई इन्स्योरेन्स कम्पनीले १ लाख ४० हजार ७७२ रुपैयाँको चेक प्रदान गरेको छ ।

बार एशोसियसनको सभाहल, जनकपुरमा गत शुक्रवार आयोजित अभिकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार श्रेष्ठले उनलाई चेक हस्तान्तरण गरेका छन् भने उक्त इन्स्योरेन्स कम्पनीका अनुसार विमितले १ लाखको १५ वर्षे सुखी जीवन बीमा गराएको थियो । कोरोना संक्रमित विमितको मृत्यू ०७८ जेठ ५ मा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.