हुलाकी न्यूज ,जनकपुरधाम : धनुषाको विदेह नगरपालिकाका जनप्रतिनीधिहरु लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् भने महन्थ ठाकुर नेतृत्वको लोसपामा जनप्रतिनीधिहरुले सनाखत गरेका हुन्।
गत विहिबार विदेह नगरपालिकाको विभिन्न वडाबाट पूर्व राष्ट्रिय जनता पार्टी (राजपा)बाट निर्वाचित भएका जनप्रतिनीधिहरुले अहिले लोकतान्त्रिक समाजवादी पार्टीलाई समर्थन गरी सनाखत गरेका छन्।उनीहरुले आफूखुसी लोसपा रोजेका हुन् भने त्यसको लागि निर्वाचन कार्यालय धनुषामा आएर जनप्रतिनीधिहरुले लोसपा रोजेको लोसपाका नेता सँजय कुमार साहले जानकारी दिएका हुन् । अन्य विभिन्न स्थानीय तहमा पूर्व राजपा तथा जसपाका पनि जनप्रतिनीधिहरुले लोसपामा सनाखत गरेका छन् ।