हुलाकी न्यूज ,जनकपुरधाम : प्रदेश २ मा नेकपा एमालेका ११ जना नवगठित सांसदले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन्।बिहीबार दिउँसो जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर १० जना प्रदेश सांसदले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन्।

एकजना सांसद डिल्ली उप्रेतीले भने दिल्लीमा उपचाररत रहेकाले पत्रमार्फत सनाखत गरेका हुन्।सनाखत गर्नेहरूमा सत्रुधन महतो, मञ्जु यादव, चन्द्र सेन प्रसाद श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, बेची लुंगेली, रविन्द्र बैठा, हसिमा खातुन, अशोक यादव र प्रमोद यादव छन्।क्यान्सर पीडित रहेका डिल्ली उप्रेतीले निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा पत्रमार्फत सनाखत गराएका हुन्।

माधव पक्षका अन्य सांसद सुन्दर बहादुर विश्वकर्मा र सीता गुरुङ काठमाडौंमा रहेकाले भोलि पर्सि आएर सनाखत गर्ने प्रदेश सांसद सत्रुध्न महतोले बताए।प्रदेश २ मा नेकपा एमालेका २१ सांसद छन्। अब एमालेमा १० जना सांसद रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.