हुलाकी न्यूज,जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा)का ११ सांसद लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।

सांसदहरुलाई लोसपाको पक्षमा सनाखत गराउन प्रदेश २ का पूर्वमन्त्री एवं सांसद जितेन्द्र सोनल र पुर्वमन्त्री एवं लोसपाका कार्यकारिणी सदस्य उमाशंकर अरगरिया जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालय पुगेका छन् । सोनलले भने आज सनाखत नगराउने बताइएको छ ।

सनाखत गराउने समय भदौ २२ गतेसम्म भएपछि केही सांसदको पछि सनाखत हुने सोनलले बताए । अहिलेसम्म लोसपा रोज्ने सांसदहरु प्रमेश्वर साह,सरिता साह,बबिता हुमारी,निलमदेवी भूमिहारिन,अल्का झा,गौरी नारायण साह,जानकी शरण साह,जैलुन राइन,रमेश प्रसाद कुर्मी,बाबुलाल साह , उपेन्द्र महतोले राेजेका छन् ।

तत्कालीन राजपाबाट २५ र समाजवादी पार्टीबाट २९ सांसदले जितेका थिए । जसमध्ये जसपाका १४ सांसद लोसपाको पक्षमा खुलेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.