हुलाकी न्यूज । मधेश स्वराज आन्दोलनका प्रथम शहीद स्व. राममनोहर यादवको स्मृतिमा जनमत पार्टीको ‘समाज कल्याण विभाग’ले मधेशका विभिन्न जिल्लामा पहिलोपटक विपन्न वर्ग सम्मान कार्यक्रमको आयोजना गरेको छ ।
भाद्र १५ गते शहीद यादवको श्रद्धाञ्जली कार्यक्रमको अवसरमा समाज कल्याण बिभागका जिल्ला प्रतिनिधिहरूद्वारा बाँके, कपिलवस्तु, रुपन्देही, बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी लगायत जिल्लाहरुमा विपन्न वर्गका व्यक्तिहरुलाई कम्बल वितरण गरी सम्मान कार्यक्रम गरिएको विभाग केन्द्रीय सचिव चन्द्रशेखर सोनारले जानकारी दिए ।
जनमत पार्टी मुख्य रुपमा गरीब, बिपन्न, किसान तथा श्रमजिवीहरुको पार्टी भएको जनतालाई सन्देश दिन सो कार्यक्रमको आयोजना गरिएको बिभागका प्रमुख बीरेन्द्र साहले बताए ।
(फोटोफिचर)




