जनकपुरधाम, भदौ १५ ।जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा.सीके राउतले अधिकारको लडाई जारी रहेको बताएको छ। पार्टीको केन्द्रिय सचिवालय जनकपुरधाममा स्थापना गर्दै मंगलवार डा. राउतले स्वराजको आन्दोलनको क्रममा शहादत प्राप्त गरेका विर शहिद राममनोहर यादवको सपनालाई साकार पार्नका लागि आफनो संघर्ष जारी राख्ने बताएका छन्  ।

उनले स्वराज आन्दोलको क्रममा नेपालको शाषक वर्गसंग अधिकारका लागि लडने क्रममा प्रहरीको हिरासतमा राममनोहर यादवको हत्या भएको वताउदै उनले अधिकार स्थापित गर्ने पहिलो खुडकिलोको रुपमा जनकपुरधाममा केन्द्रिय सचिवालय स्थापना गरिएको बताएका छन् ।

नेपाली राजनीतिक दलहरुको इतिहासमा जनमत पार्टीले पहिलो पल्ट केन्द्रिय सचिवालय राजधानी भन्दा बाहिर जनकपुरधामको भानुचौकमा स्थापना गरेको छ । पार्टी कार्यालय स्थापना कार्यक्रममा शहिद राममनोहर यादव संगै मधेश आन्दोलनमा शहिद भएकाहरुका प्रति डा राउतले श्रद्धा सुमन व्यक्त गर्नुका साथै फुलमाला र अविर चढाइ श्रद्धाञ्जली अपर्ण गरेका थिए भने पार्टी कार्यालयमा झण्डोतोलन समेत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.