हुलाकी न्यूज, जनकपुरधाम : माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश २ सरकारमा सहभागि हुने तयारी गरेको छ । नेकपा एमालेबाट छुट्टिएर नेकपा समाजवादी दल दर्ता गरे लगतै प्रदेश २ सरकारमा सहभागि हुने तयारी गरेको हो ।

प्रदेश २ मा नेकपा एमालेका २१ प्रदेश सांसद मध्ये १३ जना नेपाल पक्षका छन् । पूर्ववत अवस्थामा एमाले फर्केपछि माधव पक्षले संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई १३ सांसदको बहुमतसहित हटाएर सत्रुधन महतोलाई दलका नेता बनाएका थिए । पार्टी औपचारिक विभाजन भएपछि प्रदेश सभामा अहिले पनि माधव पक्ष नै बलियो र एमाले कमजोर देखिएको छ ।

प्रदेश सांसद महतोले एकीकृत समाजवादी पार्टीका तर्फका प्रदेश सांसदहरुको प्रदेशसभामा उपस्थित भएर सनाखत गर्ने तयारी रहेको बताए । गोविन्द बहादुर न्यौपाने, प्रमोद यादव, अशोक यादव,मदन जैन श्रीवास्तव, सत्रुधन महतो, मञ्जु यादव, बेचु लुंगेली, दिल्ली उप्रेती, रविन्द्र बैठा, खुसिमा खातुन, नागेन्द्र यादव, सुन्दर विश्वकर्मा र सीता गुरुंग एसपामा रहेको सो पक्षको दावी छ ।

दल विभाजन पश्चात पनि हालसम्म १३ जना प्रदेश सांसद नयाँ दल एसपाकै पक्षमा रहेको महतोले बताए । भोलिपर्सी सम्मा प्रदेशसभामा सनाखत गराउने बेलासम्म संख्या केहि थपघट हुने उनको भनाइ छ ।

सनाखत लगतै दलको बैठक बसी दलका नेत ाचयन र सरकारमा जाने विषयमा निर्णय गर्ने महतोले बतबाए ।

यसअघि जसपा नेतृत्वको प्रदेश २ सरकारमा नेपाली काँग्रेस र नेपा माओवादी केन्द्र सहभागि भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.