हुलाकी न्यूज, जनकपुरधाम : जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता प्रदेश सांसद राम अशिष यादवले शहिदनगर नगरपालिकाको ननुपटी गाउँमा नवनिर्मित राधाकृष्ण मन्दिर को समुदघाटन गर्नु भएका छन् । प्रदेश सांसद रामअशिष यादव को संसदीय कोषबाट १५ लाख रुपैयाँ को लागत मा राधाकृष्ण मन्दिर को निर्माण भएको कुरा बताईएको छ ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा प्रदेश सांसद यादवले राधाकृष्ण मन्दिर को समुदघाटन गर्नुभएको छ।
सो अवसरमा प्रदेश सांसद यादवले भगवान श्रीकृष्ण जस्तै अन्यायको बिरुद्ध संगठित भएर संघर्ष गर्ने कुरा बताउनुभएको भनेका छन् ।
उहाँले शोषित पीडित मधेशी दलित आदिवासी जनजातिहरुलाई संविधान मा समान अधिकार प्राप्तिका लागि एक भएर संघर्ष गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।
जनता समाजवादी पार्टी नेपाल का स्थानीय नेता बेचन साहको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा जसपा प्रदेश समिति सदस्य विजयकुमार भगत, जिल्ला अध्यक्ष पशुपति यादव, उपाध्यक्ष अम्भु प्रसाद साह, वार्ड नं ४ का वार्ड अध्यक्ष कन्हैया मुखिया, वार्ड नं ३ का वार्ड अध्यक्ष नागेन्द्र मंडल, जसपा नगर अध्यक्ष दिनेश प्रसाद यादव, युवा नेता जीतनारायण मुखिया सहित का वक्ता हरुले भगवान श्रीकृष्ण चरित्र अनुसरण र योगदान वारे चर्चा गरेका छन्।
श्री कृष्ण जन्माष्टमी को अवसरमा नवनिर्मित राधाकृष्ण मन्दिर को प्रांगणमा वृक्षारोपन समेत गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.