हुलाकी न्यूज, जनकपुरधाम : नेपाली कांग्रेसका नेता गगन थापाले आउँदो महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर ४ मा आज साेमवार भएको कार्यक्रममा नेता थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै तयारीमा लागिसकेको समेत जानकारी दिनुभयो ।

आफूले अघिल्लो महाधिवेशनमा महामन्त्रीमा प्रतिस्पर्धा गरेको स्मरण गर्दै थापाले गौरवका साथ आउँदो महाधिवेशनमा पनि उम्मेदवारी दिने घोषणा गर्नुभयो । उहाँले आफू सकभर सर्वसम्मत उम्मेदवार हुने कोसिसमा रहेको र सर्वसम्मत हुन नसके प्रतिस्पर्धाका लागि पनि तयार भएको बताउनुभयो ।

यसअघि १३ औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिनुभएका थापा डाक्टर शशाङ्क कोइरालासँग पराजित हुनुभएको थियो । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आउँदो मङ्सिरको ९ गतेदेखि काठमाण्डौमा हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.