हुलाकी न्यूज , राजविराज : जनमत पार्टी सप्तरीले जिल्ला कार्यसमितिको २० जना जिल्ला कार्यकारीणी सदस्यको नामावली सार्वजनिक गरिएको छ ।
जिल्ला समन्वय समिति सप्तरीको शनिवार बसेकोे बैठकमा २० जनालाई कार्यकारिणी सदस्य पदमा मनोनयन गरिएिको जनाइएको छ ।
सदस्यमा भोगेन्द्र शर्मा, चन्दन कुमार सिन्हा, संजय यादव, अमेरिका देवी महतो, डा. सुस्मिता साह, अनिल ठाकुर, अमर प्रसाद यादव, हेमा देवी यादव, रन्जेश साह, भोली प्रसाद यादव, अमृत कुमार सिंह यादव रहेका छन् ।
यसैगरि शंकर रज्जक, महेश ठाकुर, संगीता दास, भागवत महतो, प्रभुनारायण ठाकुर, प्रियंका सन्त, उषा कुमारी मण्डल, पिंकी भगत. र श्रद्धा देवी मण्डललाई मनोनयन गरिएिको सोही पार्टीका सप्तरीको अध्यक्ष चन्देश्वर मण्डल (किसान) ले जारी गरेको सुचनामा उल्लेख छ ।
“केही स्थानिय तहबाट पार्टीका कार्यकर्ताहरुको नामावली समावेश गर्न छुटिएकोले छिटै नाम समावेश गरिने” सप्तरीका सह-सचिव शिवनन्दन मेहताले भने “सम्पर्कमा नरहेको तथा कार्यकर्ता नभएकोले नाम समावेश गर्न सकिएन ।”
अग्नीसाइर कृष्णासवरण गाउँपालिका, बलानविहुल गाउँपालिका, तिरहुत गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिकाबाट कार्यकर्ताहरुको नाम समावेश गरिएको छैन् ।



