हुलाकी न्यूज, जनकपुरधाम : जनकपुरधामको युवा क्लवहरु मध्ये चर्चित श्री महावीर युवा कमिटिको अध्यक्षमा बलराम साह निर्वाचित भएका हुन्। यस अघिको निर्वाचनमा पनि निकटतम प्रतिद्वन्द्वी रहेका अजय कुमार गुप्तालाई यसपालि पनि ४४ मतान्तरले पराजित गर्दै बलरामले जितेका हुन। बलरामले १ सय ५६ मत ल्याउँदा गुप्ताले १ सय १२ मत पाएका छन् ।
त्यसैगरि अध्यक्षका अर्का प्रत्यासीद्वय विकास चौधरीले ८४ र प्रदिप भगतले ३१ मत प्राप्त गरेका छन् भने ११ सदस्सीय नयाँ कार्यसमितिको उपाध्यक्षमा महेश साह,महासचिवमा दिपक साह मिन्टु, सचिवमा त्रिदेव साह र कोषाध्यक्षमा बिकास राय सहित कार्यकारणी सदस्यहरु बिजयी भएको निर्वाचन समितिका संयोजक शंकर साहले जानकारी गराएका छन्।



