हुलाकी न्यूज, जनकपुरधाम : निर्वाचन कार्यालयबाट लाेकतान्त्रिक समाजवादी पार्टीकाे नामले पार्टी दर्ता पाएपश्चात् लोकतान्त्रिक विद्यार्थी संघले महोत्तरीमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेका छन् ।
महोत्तरी जिल्लाकार्य समितिले महाेत्तरीकाे सदर मुकाम जलेश्वरमा प्रशिक्षण कार्यक्रमकाे शुरुवात गरेका छ भने पार्टीले दार्ता पाएपछी लोकतान्त्रिक विद्यार्थी संघकाे याे पहिलाे कार्यक्रम रहेकाे विद्यार्थी नेता ज्ञानेन्द्र झाले बताउनुभएकाे छ ।
झाले भन्नेका अनुसार जनता समाजवादी पार्टी नेपालबाट अलग हुनु भनेकाे ‘संगठन शुद्धीकरण पनि भयो, र सुदृढ पनि भयो, तथा मधेशको मुद्दा जसपा नेपालले सम्बाेधन गराउन जालझेल गरिरहेकाे देखेर बाध्य भएर अलग हुनु परेकाे बताएका छन् ।
उनले मधेशको मुद्दा हराउन थालेको भन्दै धेरै ठाउँमा भ्रम फैलाउन लागिएको बताएका छन् भने ‘केही विकृत मानसिकतावादी सोचले पहाडीसँग मिलेर मधेशको मुद्दा छोडिसकेकाे भनेछ, मधेशको मुद्दा राष्ट्रिय मुक्तिको सवाल हो, मधेशी विरुद्ध भेदभाव शोषण उत्पीडन रहेसम्म मधेशको मुद्दा एक नम्बरमै रहिरहनेछ।
यस कार्यक्रमको प्रमुख अतिथीमा प्रदेस न.२ का सांसद एवं पुर्व समाजिक बिकास राज्य मन्त्री मा. अभिराम शर्मा, बिशिस्ट अतिथि महोत्तरी जिल्ला समन्वय समितिको सभापति सुरेश सिंह रहेका थिए भने कार्यक्रम महाेत्तरी जिल्ला अध्यक्ष राेशन महासेठको अध्यक्षतामा सम्पन्न गरियो ।
सँगै यस् कार्यक्रमका अतिथीहरुमा धनुषा जिल्ला समन्वय समिती उप-सभापति दिपक झा, विद्यार्थी संघको केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र झा ,विद्यार्थी संघका केन्द्रिय सचिव अशोक कुमार यादव,विद्यार्थी संघका प्रवक्ता राजन ठाकुर, विद्यार्थी केन्द्रिय सदस्य दिनेश यादव जलेश्वर न.पा.को मेयर रामशंकर मिश्र, मनरा शिस्वा न.पा. मेयर संजय सिंह,एकडारा ग.पा.को अध्यक्ष रामछबिला साह, जलेश्वर अस्पताल बिकास समितीको अध्यक्ष सुरेश पाण्डे, मनरा सिस्वाका उपमेयर रमिता प्रधान, युवा नेता लाले लामा लगायत संयाै विद्यार्थीहरुको उपस्थिति रहेकाे थियाे।




