हुलाकी न्यूज ,सिरहा : गोलबजार नगरपालिका ८ चोहर्वाको राज हार्डवेयर पसल अगाडिबाट मंगलबार राति चोरी भएको जेसीबी भारत, बिहारको मधुबनि जिल्लाको खुटैना नजिकै  सडक छेउमा छोडी राखिएको अवस्थामा फेला परेको हो । भारतीय प्रहरीसँगको समन्वयमा खोज तलास गर्दै जाने क्रममा जेसीभी फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिनुभएको छ ।

बरामद जेसीभी प्रकृया पूरा गरी धनीले चोहर्वा ल्याई पुर्याएको छ । प्रहरीले चोरीमा सलग्नहरुको पहिचान खुलिसकेको बताएको छ । उनीहरुको खोजी कार्य जारी रहेको जनाएको छन् भने जेसीबी धनी र प्रहरीले जेसीभी हिडेको बाटो पहिल्याउँदै भारत छिरेको देखिएपछि भारतीय प्रहरीसँगको समन्वयमा जेसीभीसम्म पुगेको बताइएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.