हुलाकी न्यूज ,जनकपुरधाम : शनिबार बीरगन्ज कलेजले कक्षा ११ मा भर्नाका लागि प्रवेश परिक्षा सञ्चालन गरेको छ । एसईई उर्तिण भएपछि बीरगन्ज कलेजमा कक्षा ११ मा अध्ययन गर्नका लागि २ सय ८४ जना विद्यार्थी प्रवेश परिक्षामा सहभागि भएका थिए ।

कानुन संकायमा ५१ जना, एजुकेशन संकायमा ९ जना र व्यवस्थापन संकायमा २ सय २४ जना गरि २ सय ८४ जनाले प्रवेश परिक्षा दिएका हुन् । कलेज परिसरमै सञ्चालन भएको प्रवेश परिक्षाको नतिजा शनिबार नै प्रकाशन भएको कलेजका अध्यक्ष डा. दिपेन्द्र चौधरीले जानकारी गराए । कलेजको आफ्नै ईआरपीका माध्यमले प्रवेश परिक्षाको नतिजा विद्यार्थीहरुको मोबाईलमै पठाइएको डा. चौधरीले बताएका छन् ।

कक्षा ११ को पढाई यहि भदौ १६ गते, बिहीबारबाट सञ्चालन हुन लागेको जनाइएको छ । विद्यार्थीहरुको सर्वाङ्गिण विकासका लागि समयसमयमा प्रशिक्षण, खेलकुद, प्रतियोगितालगायतका अतिरिक्त क्रियाकलापहरु कलेजले सञ्चालन गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.