हुलाकी न्यूज ,जनकपुरधाम : पछिल्लो २४ घण्टामा देशभर नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर थप १ हजार ८५७ जना नयाँ संक्रमित थपिएका हुन् ।

कूल १३ हजार १७६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ५१६ र एन्टिजेन विधिबाट ३४१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै देशमा पीसीआर विधिबाट ७ लाख ५८ हजार ८ र एन्टिजेन विधिबाट ८२ हजार ७९७ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

यही अवधिमा थप २ हजार २२२ जना संक्रमण मुक्त भएका छन् । हालसम्म कूल संक्रमितमध्ये ७ लाख १० हजार ४५२ जना निको भएका छन् । हाल देशभर ३६ हजार ८६६ जना सक्रिय संक्रमित रहेका छन् ।

यसमध्ये ३३ हजार ८३५ होम आइसोलेसन, ३०३१ संस्थागत आइसोलेसन, ६१५ जना सघन उपचार कक्ष र १७४ जना भेन्टिलेटरमा रहेका छन् ।पछिल्लो २४ घण्टामा थप २७ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म मृत्यु हुनेको संख्या १० हजार ६९० पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.