हुलाकी न्यूज ,जनकपुरधाम : जितपुरसिमरा उपमहानगरपालिका १८ स्थीत बालगंगा खोलामा मानव कंकाल वेवारिसे अवस्थामा फेला परेको छ ।शुक्रबार विहान खोलामा आएको बाढिले कंकाल बगाएर ल्याएको हुन सक्ने प्रहरीले जनाएको छ । सेतो कपडाले बेरिएको मानव कंकाल खोला किनारमा भेटिएको प्रहरीले जनाएको छ ।
मृतकको शव कतै गाडिएको अवस्थामा खोलाले उत्खनन् गरि बगाएर ल्याएको हुन सक्ने बाराका प्रहरी नायव उपरिक्षक गौतम मिश्रले बताए । महिला पूरुष केही पहिचान हुन नसक्ने अवस्थाको कंकाल प्रहरी मुचुल्का गरि जिल्ला अस्पताल कलैयामा पठाइएको प्र.ना.उप गौतमले बताए ।कलैया अस्पतालमा राखिएको कंकालको डिएनए परिक्षण पछि कतै ब्यवस्थान गरिने वहाँले बताए ।